जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १७:४५

प्रधानमन्त्री बिरामी परेको सुनेर छोरी ठिल्ले चिन्तित, यसरी गरिन स्वास्थ्य लाभको कामना


मुगु, मंसिर ११

आफ्नो अभिभावकत्व ग्रहण गर्ने प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएको सुनेर उहाकी छोरी ठिल्ले साङमू चिन्तित बनेकी छन् । यद्यपी उनले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गरेकी छन् ।

२०७५ वैशाख १ गते ओलीले अभिभावकत्व प्रदान गर्दै विद्यालय भर्ना गरेपछि उनि निक्कै राम्रोसँग अध्ययन गरिरहेकी छन् । माग्रीगाउँकी ९ वर्षीया यी बालिका र उनका अभिभावकले प्रधानमन्त्री ओली बिरामी भएको खबर पाएपछि स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

‘अस्पतालमै गएर त भेट्न सकिँदैन होला, तैपनि हामीले भगवान बुद्धसँग छिटो निको होस् भनेर कामना गरिरहेका छौं,’ ठिल्लेका ७८ वर्षीय हजुरबुवा कार्माछेवाङ तामाङले भन्नुभयो, ‘कसैले काठमाडौं पुर्‍याइदिए त भेटेरै भलाकुसारी गर्न हुन्थ्यो ।’ रेडियोबाट प्रधानमन्त्री बिरामी भएको खबर थाहा पाएपछि नातिनी पनि चिन्तित भएकी उहाले सुनाउनु भयो ।

२ कक्षामा अध्ययन गरिरहेकी ठिल्लेको पनि प्रधानमन्त्री भेट्ने इच्छा व्यक्त गरेकी छन् । प्रधानमन्त्री ओलीले ओलीले उनको लागि स्टेसनरी, पोशाक, खाजाको लागि विगत दुई वर्षदेखी प्रत्येक महिना पैसा पठाइरहनु भएको छ ।