जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १७:३९

सन्धिखर्कमा यात्रुवाहक बस दुर्घटना हुदाँ आठ जनाको मृत्यु


काठमाडौं, मंसिर ११

अर्घाखाँचीमा आज अपरान्ह भएको यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । सन्धीखर्कबाट बुटबवल जाँदै गरेको लु २ ख २१४८ यात्रुबहाक बस सन्धीखर्क नगरपालिका(१ स्थित नरपानी र घुम्चीको बीचमा दुर्घटनामा परेको हो ।

प्रदेश–५ का डीआइजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेमा तीन महिला र पाँचजना पुरुष छन् । अन्य ११ जना घाइते छन । प्रहरीका अनुसार बस सडकबाट ६ सय मिटर तल खसेको छ । बसपार्कबाट १७ जना टिकट काटेर यात्रा गरेको देखिएपनि बाटोमा ३ जना थपिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।