जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार ०८:२२

हङकङको भीषण आगलागी: मृत्युको संख्या १२८ पुग्यो, थप आठ जना पक्राउ


काठमाडौं, मंसिर १३ । हङकङको आवासीय भवनहरूमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या कम्तीमा १२८ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्।

उक्त आगलागीलाई ७० वर्षयताकै सबैभन्दा घातक मानिएको छ।घटनापछि ती आवासीय भवनहरूको मर्मतसम्भार कार्यसँग सम्बन्धित थप आठ जना पक्राउ परेका छन्। प्रहरीले यसअघि तीन जनालाई पक्राउ गरेको थियो।आगलागीको कारण यकिन भइनसकेको अधिकारीहरूले बताएका छन्।

तर, भवनका झ्यालबाहिर टाँगिएका पोलिस्टाइरिन फोम र संरक्षक जालले आगो तीव्र गतिमा फैलिन मद्दत गरेको उनीहरूको भनाइ छ। आगलागीमा ७९ जना घाइते भएका छन् भने कैयौँ व्यक्ति बेपत्ता रहेको एजेन्सीहरू उल्लेख गरेका छन्।