जनता टाइम्स

१४ मंसिर २०८२, आईतवार ०८:०१

दिल्लीमा भीषण आगलागी, अहिलेसम्म ४ जनाको मृत्यु


काठमाडौं, १४ मंसिर ।  भारतको राजधानी दिल्लीको संगम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको तीनतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ। यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार सुरुमा शनिबार साँझ ६ः१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। आगो बिस्तारै तेस्रो तलामा फैलिँदा मानिसहरू भाग्न नपाएका हुन्।