जनता टाइम्स

२८ मंसिर २०८२, आईतवार १०:४४

एमाले महाधिवेशन :  मनोनीत र सच्याइएका प्रतिनिधि कार्ड बन्दसत्रकाे गेट बाहिर वितरण


काठमाडौं, मंसिर २८ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन भएका तथा नाम सच्याइएका प्रतिनिधिहरुकाे  कार्ड महाधिवेशन स्थलको बाहिरी गेटमा वितरण सुरु गरिएको छ ।

प्रतिनिधि कार्डमा नाम, विवरण वा अन्य विवरण सच्याउन कार्ड दिएका प्रतिनिधि तथा मनोनीत प्रतिनिधिले तोकिएको स्थानमा पुगेर कार्ड लिन सक्ने व्यवस्था गरिएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

यस सम्बन्धमा थप जानकारी वा समन्वयका लागि रिना बोहरा (९८४०२६९२५३) र श्याम काजी खत्री (९८५१२१२१३९) सँग सम्पर्क गर्न अनुरोध गरिएको छ।