जनता टाइम्स

२९ मंसिर २०८२, सोमबार १९:४९

एमाले महाधिवेशन : प्रदीप ज्ञवालीद्वारा केन्द्रीय सदस्यमा मात्र मनोनयन दर्ता 


काठमाडौं, मंसिर २९। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दर्ता गराउनुभएको छ।

महासचिव पदका लागि दाबी गरिरहनुभएका ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षको सूचीमा समावेश गरेपछि उहाँले असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य पदमै सीमित हुने निर्णय गर्नुभएको हो।

उहाँले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएपछि मतदान स्थलबाट हिँड्नुभएको छ।