काठमाडौं, पुस ५। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेलाले एमालेलाई अझ एकताबद्ध र सशक्त बनाउने दिशामा भूमिका खेल्ने निर्णय गरेको छ।
आज पोखरेल पक्ष आयोजना गरेको धन्यवाद तथा पार्टीको निर्वाचन बारे समीक्षा गर्न आयोजना गरेको भेलाले पार्टीभित्रै रहेर महाधिवेशनका क्रममा उठाएका विषयहरू पार्टी पुनर्संरचना, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण, तथा आन्तरिक लोकतान्त्रिकरणसम्बन्धी विचारहरू पार्टीको विधान र कानुनको दायराभित्र निरन्तर उठाइरहने निष्कर्ष निकालेको भेलाका सहभागी तथा पोखरेलको प्यानलबाट उपमहासचिव निर्वाचित हुनुभएका याेगेश भट्टराईले जानकारी दिनुभयो ।
भेलाले पार्टीपंक्तिलाई निराश नहुन अपिल गरेको छ । आफूहरूले लोकतान्त्रिक प्रतिस्पर्धामा भाग लिएका बताउँदै उहाँले लोकतान्त्रिक अभ्यासमा भाग लिएका कारण परिणामलाई सहज रूपमा स्वीकार गरेको बताउनुभयो । ‘अध्यक्षले ल्याउने सकारात्मक प्रस्तावहरूलाई हामी समर्थन गर्नेछौँ तर पार्टी एकता भङ्ग गर्ने, पक्षपात देखाउने, गुटबन्दी र विभाजन सिर्जना गर्ने वा व्यक्तिहरूलाई आंशिक व्यवहार गर्ने प्रस्ताव आएमा पार्टीभित्रै रहेर त्यसको प्रतिरोध गर्नेछौँ’, उहाँले भन्नुभयो ।
आगामी निर्वाचनसहित बाह्य प्रतिस्पर्धामा पार्टीलाई विजयी बनाउने पक्षमा आफूहरू सधैँ उभिने उहाँले बत्ताउनुभयो । नेतृत्वको कार्यशैली तथा वैचारिक र व्यवहारिक असङ्गतिका विरुद्ध आवाज उठाइ रहने पनि उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्