जनता टाइम्स

११ पुष २०८२, शुक्रबार २१:२९

रोजेश खड्का बने राष्ट्रिय खेलकुद परिषद्का कान्छा सदस्य


काठमाडौं, पुस ११ । नेपालको खेलकुद इतिहासमा कान्छा प्रतिनिधिका रूपमा राजेश खड्का राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त हुनुभएको छ ।

राखेप सदस्यमा युवा उमेरमै नियुक्त हुन सफल खड्काको यो उपलब्धिलाई नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र आशा थप्ने कदमका रूपमा हेरिएको छ । नेतृत्व क्षमता, सक्रियता र समर्पणका कारण युवा पुस्तामाझ चिनिनुभएका उहाँ लामो समयदेखि खेलकुद क्षेत्रसँग जोडिएर नीति, व्यवस्थापन तथा युवा सहभागिताका विषयमा सक्रिय रहँदै आउनुभएको छ ।

खड्काको अनुभव, दृष्टिकोण र प्रतिबद्धताले राष्ट्रिय खेलकुद परिषद्लाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेष गरी युवाको सहभागिता विस्तार, खेलकुद पूर्वाधार विकास, खेलाडीको हकहित संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुद छवि सुदृढ गर्न उहाँको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ ।

नेपालकै कान्छा सदस्यका रूपमा राखेपमा प्रवेश गर्नु आफैँमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उहाँले यसले अन्य युवाहरूलाई पनि नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयाे। खड्काको यो उपलब्धिलाई व्यक्तिगत सफलतामात्र नभई समग्र युवा पुस्ताको गौरवका रूपमा लिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद् मार्फत नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा उहाँको योगदान उल्लेखनीय रहने विश्वास गरिएको छ । रोजेश खड्का भक्तपुर जिल्ला क्षेत्र नम्बर १ अन्तर्गत दुवाकोट निवासी हुनुहुन्छ ।