जनता टाइम्स

१२ पुष २०८२, शनिबार १२:१९

७५० केजी गाँजासहित दुई जना पक्राउ


उदयपुर,  पुस १२ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले राससलाई बताउनुभयो । गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।