जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार १९:०४

कास्की–२ मा विद्या भट्टराई विजयी


कास्की , १५ मंसिर ।    कास्की–२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार  विद्या भट्टराई विजयी हुनुभएको छ ।

जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १५ हजार९ सय ९१ मत प्राप्त गरेका छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा निकै चर्चामा रहेका साझा पार्टीका तर्फबाट उम्मेदावर रहेकी रजना केसीले भने ९  सय ४२ मत मात्रै प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।