काठमाडौं, पुस १३ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड कर्मचारी संघ नेपालको १२औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनमा संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
नयाँ नेतृत्वमा रवीन्द्रप्रसाद चौलागाईं अध्यक्ष निर्वाचित हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा कविराज बराल, उपाध्यक्षमा कृष्ण लम्साल र भावना शर्मा, महासचिवमा ऋषि ज्ञवाली, उपमहासचिवमा राजेन्द्र विष्ट र रेणु आचार्य, तथा कोषाध्यक्षमा राजेश आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ।
निर्वाचित नेतृत्वले कर्मचारीहरूको हक–हितको संरक्षण, संस्थागत सुदृढीकरण र बैङ्कको सेवा गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। संघका पदाधिकारीहरूले आगामी दिनहरूमा कर्मचारीहरूबिच ऐक्यबद्धता, पारदर्शिता र व्यावसायिकता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्