जनता टाइम्स

१३ पुष २०८२, आईतवार १५:४३

एमाले सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारको टुंगो मुख्य एजेण्डा


काठमाडौं, पुस १३ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी कार्यालय च्यासलमा केहीबेर अघिबाट सुरु भएको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको सूची फाइनल गर्ने मुख्य कार्यसूची रहेको छ । एमालेको यो बैठक ११औं महाधिवेशनपछिको पहिलो सचिवालय बैठक हो ।

सचिवालय बैठकले निर्णय गरेपछि सोमवार निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेद्वारको नाम बुझाउने गरी आज बैठक बोलाइएको हो ।