काठमाडौं, पुस १३ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताउनुभयो । उहाँले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताउनुभएको छ। राजनीतिमा सबै खाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताउनुभयो । उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्