जनता टाइम्स

१३ पुष २०८२, आईतवार २०:२८

पुस २० भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन


काठमाडौं, पुस १३  ।  नेकपा एमालेले पुस २० गतेभित्र प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।आइतवार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी पुस २० गते भित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत सिफारिस गर्न निर्देश गर्ने निर्णय भएको सचिव डा.राजन भट्टराईले जानकारी दिनुभयो । समानुपातिकतर्फको नाम सुझावसहित पारित गरिएको छ ।