रामेछाप, पुस १६ । रामेछापको सदरमुकाम मन्थलीमा आजदेखि पत्रकारहरूको लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ। डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा प्रविधिको प्रभावकारी प्रयोगलाई लक्षित गर्दै प्रेस रजिष्टार कार्यालय वाग्मती र नेपाल पत्रकार महासंघ रामेछाप शाखाले तालिम आयोजना गरेको हो।
जिल्लाका ३० भन्दा पत्रकारहरूले तालिममा सहभागिता जनाएका छन्। बदलिँदो प्रविधि र सूचना प्रवाहसँग पत्रकारहरूलाई अद्यावधिक गराउने र समाचार उत्पादनलाई गुणस्तरीय तथा प्रविधिमैत्री बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
तालिममा पत्रकारितामा एआईको आधारभूत अवधारणा, समाचार सङ्कलन, लेखन, सम्पादन र तथ्य जाँचमा एआईको प्रयोगका साथै फोटो, भिडियो र भिजुअल सामग्री तयार पार्ने प्रविधि सम्बन्धी प्रशिक्षण दिइनेछ। यसका साथै एआई प्रयोग गर्दा पालना गर्नुपर्ने पत्रकारिता आचारसंहिता, नैतिक पक्ष, सम्भावना र चुनौतीबारे पनि छलफल गरिने आयोजकले जनाएको छ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाले पछिल्लो समय पत्रकारहरूको क्षमता विकासका लागि विभिन्न तालिम, अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। तालिमले जिल्लाका पत्रकारहरूलाई नयाँ प्रविधिसँग परिचित गराउँदै डिजिटल युगमा प्रतिस्पर्धी बन्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। तालिम तीन दिनसम्म सञ्चालन हुनेछ।













प्रतिक्रिया दिनुहोस्