जनता टाइम्स

१७ पुष २०८२, बिहीबार १७:५६

कतारद्वारा जेलमा रहेका १३ नेपालीलाई आममाफी


काठमाडौं,  पुस १७ ।  कतारी अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । यसप्रति नेपालले कतारप्रति कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको आममाफीलाई नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धमा गहिरिँदै गएको मित्रता र सौहार्दताको प्रतीकका रूपमा मूल्यांकन गरिएको उल्लेख छ ।

मन्त्रालयले यस्तो मानवीय कदमले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । कतारले कति समयको कैद र जरिवानालाई माफी दिइएको भन्ने खुलाएको छैन ।