काठमाडौं, पुस १७ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेलिकप्टर चढेर सिरहा पुग्नुभएको छ। सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज खान मुख्यमन्त्री बानियाँ त्यहाँ पुग्नुभएको हो ।
अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका– १४ स्थित सर्रेअम्बासमा वनभोज आयोजना गर्नुभएको थियो। मुख्यमन्त्री बानियाँ सोही वनभोजमा माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट वनभोजमा पुग्नुभएको हो ।
वनभोजमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय पनि पुग्नुभएको थियो । उहाँहरू पनि सरकारी गाडी प्रयोग गरी वनभोज खान पुग्नुभएको थियो ।
यस विषयमा मुख्यमन्त्री बानियाँसँग संचारकर्मीहरुले प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा नआएपनि उहाँका स्वकीय सचिव मिलन पुडासैनीले भने आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर चढेर सिरहा गएको दाबी गर्नुएको छ ।













प्रतिक्रिया दिनुहोस्