काठमाडौँ, पुस १८। २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार शुक्रबारदेखि सो कार्य सुरु भएको हो ।
उहाँले आयोगका कार्यबहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग परिसरमा मतदाता नामावलीको छपाइ कार्यको शुभारम्भ गर्नुभएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्