जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १३:१४

आयो उपनिर्वाचनको सबै नतिजा : नेकपाको दुई किल्ला भत्किदा कहाँ कसले जिते ? (पुर्ण बिवरणसहित)


काठमाडौं, मंसिर १६ । एक प्रतिनिधिसभासहित मुलुकका बिभिन्न भागमा शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ । प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो । सो निर्वाचनको सवै परिणाम आएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्ष पदमा उपनिर्वाचन भएको हो । जसमध्ये ३० पदमा सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन । प्रतिनिधि सभा एक, प्रदेशसभा सदस्य २, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष्य एक र २३ वडाध्यक्ष पदमा नेकपाले जित हात पारेको हो । यस्तै प्रदेशसभा सदस्य एक, उपमहानगरपालिका मेयर एक र १२ वडाध्यक्ष गरी कांग्रेसले १४ पदमा जीत हात पारेको छ ।

यसैगरी समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडा अध्यक्ष पदमा जित हात पारेका छन । एक वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कहाँ को बिजयी बने ? हेर्नोस सूची

sub-election-2076-final report