काठमाडौं, पुस २३ । नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै अधिकतम संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले बक्तब्य जारी गर्दै आफ्नो धारणा प्रष्ट पारेको हो । बक्तब्यमा तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको छ । अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मुदुरो दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकहरुले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि बुधवार विज्ञप्ति जारी गरेर यस घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।
नेपालले संवाद, कूटनीति र आपसी समझदारीमार्फत सबै किसिमका विवादको शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने प्रष्ट धारणा राखेको छ ।













प्रतिक्रिया दिनुहोस्