जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार ०८:५२

पाँचवर्षे गढीमाईको मेलामा दर्शनार्थीको घुइँचो, आजदेखि बलि चढाउन शुरु


काठमाडौं, मंसिर १७ । बलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला सुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई – १ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ। मेला मंसिर महिनाभरी चल्नेछ ।

लामो समय राजनीतिक विवादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडि मात्रै समिति गठन भएको थियो। मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ।

लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ। सबभन्दा धेरै पशुबलि दिइने मेलाको रुपमा परिचित बारा जिल्लाको गढीमाईमा भक्तजनहरुको घुइँचो लागेको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा पाँच वर्षमा लाग्ने मेलामा नेपाल र भारतका विभिन्न स्थानका भक्तजनको घुइँचो लागेको हो ।

मंसिर १ गतेबाट शुरु भएको मेलाको सोमवार राति विशेष पुजा र मंगलवार पशुबलि दिने कार्यक्रम रहेको छ । सोमवार राति देखि पूजा शुरु भएको र १७ गते मंगलवार पशुबलि दिने तयारी रहेको मन्दिरका पुजारी शम्भु चौधरीले जानकारी दिए ।

बलिको दिन अत्याधिक भीड लाग्ने भएका कारण मंसिर पहिलो सातादेखि नै दर्शनार्थीले मन्दिरमा पूजा गरेका छन । पाँच वर्षमा लाग्ने गढीमाई मेलामा यसपटक ७५ लाखदेखि १ करोड दर्शनार्थी आउने अनुमान गरिएको  छ।

दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै मन्दिर आसपासको क्षेत्रमा पाँचसय अस्थाइ शौचालय तथा पानीका धाराको व्यबस्थापन गरिएको  र टाढाबाट आएका दर्शनार्थीको लागि टेण्ट टागेर धर्मशाला बनाइएको छ ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतीलाल कुशवाहका अनुसार मंसिर १७ गते मंगलबार राँगा तथा १८ गते बोकाको बली दिने कार्यक्रम राखिएको छ । बलिका लागि बिहीवार सम्म ६ हजार राँगा आइसकेका मन्दिर व्यबस्थापन समितिका एक सदस्यले बताए ।

सर्वोच्च अदालतले गढीमाइमा पशुबलि रोक्ने आदेश दिएपनि मन्दिरमा यसपटक पनि १० हजारको हाराहारिमा बलीका लागि रागाँ आएको मन्दिर व्यबस्थापन समितिले जनाएको छ ।