जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार ११:०३

बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु


बागलुङ , १७ मंसिर ।  बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप  दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो । जिप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ । तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको प्रछ । मृत्यु हुनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेका प्रहरीले जनाएको छ ।