जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १२:४४

एनआई सी एशिया बैंकका ग्रहाकलाई ब्लुक्रस हस्पिटलमा १०% को छुट


काठमाण्डौं,बैशाख २७

एनआई सी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा.लि.,त्रिपुरेश्वर बीच बैंकका कर्मचारी सम्पूर्ण ग्राहकवर्गहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदानगर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रा.लि.का बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गर्नुभयो।

बैंकका मुलुकभर २८२ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।