काठमाडौं, पुस ३० । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले अबको निर्वाचन प्रचारशैली बदल्ने बताउनुभएको छ । ठूल्ठूला सभा गर्ने चलन पुरानो भइसकेको भन्दै उहाँले अबको चुनावमा आफ्नो पार्टी जनताको घरदैलोमै केन्द्रित हुने घोषणा गर्नुभयो ।सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले तामझामपूर्ण सभाभन्दा जनतासँगको प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिने बताउनुभयो ।
उहाँले युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्न सूचना प्रविधिको प्रयोगमा विशेष जोड दिने नीति लिएको बताउनुभयो। विगतमा गरेका गल्ती नदोहोर्याउने बाचासहित चुनावी मैदानमा होमिन उहाले कार्यकर्तालाई निर्देशन दिनुभयो ।प्रचण्डले भन्नुभयो अहिलेको जमाना अनुसार ठुला सभा गरेर भोट धेरै आउने भन्ने हुँदैन, त्यो पुरानो भइसक्यो ।
अब घरघर र टोलटोलमा पुगेर हाम्रा सङ्कल्प र एजेन्डाहरू बुझाउनु महत्त्वपूर्ण छ । हामी पुराना गल्तीबाट सिकेर अघि बढ्न चाहेका छौँ र देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ ।काठमाडौँको रैथाने समस्या बुझेका सुमन सायमीलगायतका नेताहरू आफ्नो पार्टीमा समाहित भएकाले अब काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी पनि उहाँले गर्नुभयो । सातवटै प्रदेशमा अपिल गरिसकेको भन्दै उहाँले अबको मिसन टोल र बस्ती केन्द्रित हुने स्पष्ट पार्नुभयो













प्रतिक्रिया दिनुहोस्