जनता टाइम्स

२ माघ २०८२, शुक्रबार १९:३५

गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता


काठमाडौं, माघ २ । निर्वाचन आयोगले बिशेष महाधिवशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ ।

आज बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐनको आधारमा थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय लिएको हो ।

आयोगको यो निर्णयसँगै कांग्रेस महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले मोलेको जोखिमले परिणाम पाएको छ भने सभापति शेरबहादुर देउवासहित अधिकांश पदाधिकारीको राजनीतिक भविश्य सकिएको छ ।

आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर गरेको हो । सोही आधारमा पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय बैठकले गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाएको छ ।

यो निर्णयले विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको छ ।