जनता टाइम्स

९ माघ २०८२, शुक्रबार ०८:०५

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच स्वीजरल्याण्डमा भेटवार्ता


काठमाडौं,  माघ  ९ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । विश्व आर्थिक सम्मेलनका क्रममा स्वीजरल्याण्डको डाभोसमा सहभागी दुईनेताबीचको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यको चाहना सबैको भएको प्रतिक्रिया दिनुभयो ।ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले सम्मेलनलाई सम्बोधन गर्दै युद्ध अन्त्यका लागि तयार पारिएका दस्तावेजहरू लगभग पूरा भइसकेको दाबी गर्नुभयोे ।

उहाँले युक्रेन इमानदारी र दृढ संकल्पका साथ अघि बढिरहेको बताउनु भएको बीबीसीले जनाएको छ । साथै, रूस पनि आक्रमण अन्त्य गर्न तयार हुनुपर्ने जेलेन्स्कीको भनाइ छ ।भेटका क्रममा अमेरिका, युक्रेन र रूसका प्रतिनिधिमण्डलहरूबीच संयुक्त अरब इमिरेट्समा त्रिपक्षीय बैठकको तयारी बारे छलफल भएको खबरमा उल्लेख छ । यो भेटलाई युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ ।