काठमाडौं, मंसिर १८
उसुको नानछ्वान अलराउन्डमा दीपक हमालले स्वर्ण पदक जितेका छन् । उनले कुल १९.३२ अंक प्राप्त गर्दै स्वर्ण जितेका हुन् । यो सँगै नेपालले जारी सागमा २५ औं स्वर्ण पदक जितेको छ ।
दीपकको निकटमत प्रतिद्वन्द्वी भारतका साजन लामाले १९.१२ अंक प्राप्त गरी रजत पदकमा चित्त बुझाए । यस्तै कास्य पदक भने बंगलादेशका अमिर होसैनको भागमा पर्यो । यसअघि थाइची प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेभन्दै भारतीय र नेपाली टोलीले विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्