काठमाडौं, माघ ११ । राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा आज मतदान सुरू भएको छ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि देशभरका सातै प्रदेशमा मतदान भइरहेको हो। बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्य समूहअन्तर्गतको एउटा पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएकाे छ। बाँकी १७ पदका लागि भने आज निर्वाचन भइरहेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाताका रूपमा सहभागी हुने कानुनी व्यवस्था छ। प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको मतका आधारमा राष्ट्रिय सभाका नयाँ सदस्य चयन हुनेछन्।
निर्वाचन आयोगका अनुसार मतदानलाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै प्रदेशमा आवश्यक सुरक्षा र प्राविधिक व्यवस्था मिलाइएको छ।













प्रतिक्रिया दिनुहोस्