जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १३:१९

सागमा नेपाललाई २७औं स्वर्ण पदक, साइक्लिङमा राजेश मगर र निश्मा श्रेष्ठले दिलाए दुई स्वर्ण पदक


काठमाडौं, मंसिर १८ । तेह्रौं दक्षिण एसीयाली खेलकुद (साग) मा साइक्लिङमा नेपालले दुई स्वर्ण पदक थपेको छ । आज भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ ।

यसअघि उसुको नानछ्वान अलराउन्डमा दीपक हमालले २५ औं स्वर्ण पदक जितेका छन् । उनले कुल १९.३२ अंक प्राप्त गर्दै स्वर्ण जितेका हुन् । दीपकको निकटमत प्रतिद्वन्द्वी भारतका साजन लामाले १९।१२ अंक प्राप्त गरी रजत पदकमा चित्त बुझाए । यस्तै कास्य पदक भने बंगलादेशका अमिर होसैनको भागमा पर्‍यो । यसअघि थाइची प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेभन्दै भारतीय र नेपाली टोलीले विरोध गरेका थिए ।