जनता टाइम्स

१५ माघ २०८२, बिहीबार ११:०६

काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा


काठमाडौं, माघ १५  । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिनुभयो । पक्राउको क्रममा गोली समेत चलाउनु परेको उहाँले बताउनुभयो । यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।