काठमाडौं, माघ १५ । खराब मौसमका कारण बिहीबार अहिलेसम्म पाँच विमानस्थल बन्द भएका छन्।
मौसम खराब हुँदा भिजिबिलिटी कम भएपछि धनगढी, नेपालगन्ज, जनकपुर, विराटनगर र तुम्लिङटार विमानस्थल बन्द भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले ती बिमानस्थल बन्द भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने बिहान तीन वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्। एयर अरेबिया र फ्लाइङ दुबई लखनउ डाइभर्ट भएका हुन भने जजिरा दिल्ली डाइभर्ट भएको हो। अहिले भने बिमानस्थल खुल्ला रहेको छ ।













प्रतिक्रिया दिनुहोस्