जनता टाइम्स

१९ माघ २०८२, सोमबार ११:४७

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, माघ  १९ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घटेको हो।अघिल्लो दिन आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले घटेको थियो।नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १३ हजार ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ‌ओरालो लागेको छ। यसदिन चाँदी तोलाको ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला चाँदी ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।