जनता टाइम्स

२१ माघ २०८२, बुधबार १७:५८

स्वास्थ्य बीमामा देखिएको स्रोत समस्या तत्काल समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


काठमाडौं, माघ २१ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बताउनु भएको छ ।

बुधवार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले स्वास्थ्य विमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्री रामेश्वर खनालसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने बताउनु भयो ।

उहाँले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताउनु भयो । सरकारले स्वास्थ्य बिमा कटौती गरेको घटना बाहिर आएपछि चर्काे बिरोध भएसँगै प्रधानमन्त्री कार्कीले चासो लिएर छलफल गर्नुभएको थियो ।