जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १३:४५

नेपालले रच्यो नयाँ इतिहास, निमा घर्तिमगरको खातामा आयो सागमा लगातार स्वर्ण जित्ने खेलाडीको ताज


काठमाडौं, मंसिर २० । १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडी निमा घर्तिमगरले नयाँ इतिहास रेचकी छन । निमाले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण पदक जितेकी छन । पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले आज भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन । निमाले समग्रमा १८.९१ अंक प्राप्त गरी स्वर्ण पदक हात पारेकी हुन ।

यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कुमारीले कास्य पदक जितेकी छन । योसँगै निमाले सागमा लगातार दुई स्वर्ण जितेर इतिहास रचेकी छन । उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी हुन । निमाले भारतमा भएको १२औं सागमा पनि स्वर्ण जितेकी थिइन । त्यो नेपालले जितेको तीन स्वर्ण मध्ये एक थियो । नेपालमा जारी सागमा नेपालको यो ३०औं स्वर्ण पदक हो ।