जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार ०८:०६

१३ औं साग : आज शुक्रबार हुने खेलहरू


 

काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबारबाट पोखरामा आर्चरीका खेल सुरु हुनेछन्।
यस्तै दशरथ रंगशालामा एथ्लेटिक्सका इभेन्ट जारी हुनेछन्।

यस्तै पोखरामा हुने ब्याडमिन्टनमा सबै इभेन्टका फाइनल हुनेछन्।

त्रिपुरेश्वरको दशरथ रंगशालामा बास्केटबलका खेल जारी रहनेछन्।
शुक्रबारबाट सातदोबाटोको कराते कबर्डहलमा बक्सिङका पहिलो चरणका इभेन्ट हुनेछन्।
पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्सबीच कीर्तिपुरमा खेल हुनेछ।
फेन्सिङमा ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
पुरुष फुटबलमा शुक्रबार रेस्ट डे राखिएको छ।
गल्फमा फाइनल चरणका खेल हुनेछ।
ह्यान्डबल र कबड्डीका खेल पनि जारी रहनेछन्।
सुटिङ पनि शुक्रबार जारी हुनेछ। शुक्रबारदेखि स्क्वास सुरु हुनेछ।
पौडीमा ७ स्वर्णका लागि भिडन्त हुनेछ।
टेनिसमा प्रतिस्पर्धा पनि जारी रहनेछ।
कुस्ती जनकपुरमा बिहीबार सुरु हुनेछ।
टेवलटेनिसमा शुक्रबार अन्तिम चरणका खेल हुनेछन्।