जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १७:१४

नेपालमा कफि पर्यटन पनि संभव


काठमाण्डौं, बैशाख २७

नेपाल सगरमाथाको देश भनेर विश्वलाई चिनाउँदै आएका छौ । नेपालमा घुम्न आउने पर्यटक मध्ये धेरै हिमालै हिमाल भएको देश भनेर आउने गरेका छन् । हामी पनि त्यसलाई बढी प्रचार गरिरहेका हुन्छौ । विदेशीहरुको लागि नेपालले सस्कृति, धार्मिक, शाहासिक खेलकुदमा जोड दिएका हुन्छौ । तर नेपालमा कफि पर्यटनको लागि पनि संभावना छ भनेर खासै सुनिदैन ।

एउटा तथ्याङ्क भन्छ विश्वमा करिब १९० विलियन कप कफि हरेक वर्ष बिक्रि हुने गरेको छ । यदि नेपालले पनि कफिको पारखिहरुलाई पर्यटन संग जोड्न सक्यो भने हामीलाई धेरे फाईदा हुन्छ । कफि पर्यटनको लागि इन्डोनेसिया, इथियोपिया, हवाली विश्वमा चर्चित ठाउँ हुन् ।

नेपालमा पनि कफि पर्यनट प्रवद्धन गर्न सकिन्छ भन्दै युरोपियन युनियनको सहयोगमा हाम्रो कफि प्रोजेक्ट अन्तरगत नेपालमा काम भैरहेको छ । उक्त प्रोजेक्टले कफि किसान, व्यवसायी र पर्यटन व्यवसायीलाई संगै राखेर नेपालमा सबै क्षेत्र मिलेर कफि पर्यटनको प्रवद्र्धन कसरी गर्न सकिन्छ भनेर काम गर्दै आएको छ ।

हाम्रो कफि प्रोजेक्टले कफि किसान र सहकारीलाई कफि उत्पादनको प्रवद्र्धन, कफिलाई स्थानिय स्तरमा पनि कसरी प्रशोधन गर्न सकिन्छ, कफि उत्पादन मार्फत कसरी राम्रो आम्दानी गर्न सक्छ भन्ने विषयमा पनि अध्ययान गर्ने गर्दछ ।

हाम्रो कफि प्रोजेक्टले युरोपियन युनियनको सहयोगमा इको कओप्रेसन , नेपाल कफि व्यवसायी महासंघ मिलेर काठमाण्डौंमा कार्यशाला गोष्ठी पनि सम्पन्न गरेको छ । कार्यक्रममा पर्यटन व्यवसायी, कफि किसान र ट्रभल एजेन्सीका व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रमा व्यवसायीले कफि पर्यटन कसरी प्रबद्धन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

हाम्रो कफि प्रोजेक्टले ढिकुर पोखरी नौं डाडा लुम्ले, पोखरा , ककनी नुवाकोट, निर्मल पोखरी पोखरामा कर्फि पर्यटन प्रवद्र्धनको लागि काम गरिरहेको छ ।