जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १६:२६

यी ४ राशीका पुरुषसँग विवाह गर्ने महिलाको भाग्य चम्कन्छ


वैवहिक सम्बन्धमा गाँसिएपछि हरेक पति पत्नीले एक अर्काको दुखमा साथ दिने र सुख बाढ्ने प्रतिज्ञा गरेका हुन्छन। उनीहरु जीवन उज्जवल बनाउन वा भविष्यका लागि कडा मेहेनत र परिश्रम गर्ने गर्छन। आज हामी तपाईहरुलाई कुनै चार राशीका पुरुषहरुको बारेमा बताउन जाँदै छौँ जसले आफ्ना पत्नीलाई जीवनभर खुशी र सुखी राख्न सक्षम हुन्छन।
मेष राशी – मेष राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । यिनीहरु एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु जिम्मेवार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।

वृश्चिक राशी – यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति गम्भीर हुने भएकाले परिवारको मात्र नभएर समाजमा पनि निकै जिम्मेवारी पाउन सक्छन । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सुखी जीवन बिताएका हुन्छन् ।

कन्या राशी – कन्या राशी भएका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन्। यो राशी भएका पुरुषहरु आफ्नो जिम्मेवार प्रति हुने बफादार हुने भएकाले पनि पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।

सिंह राशी – यस राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार असाध्यै राम्रो चल्ने गर्छ।