जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १७:४५

गौरिका सिंहले जितिन अर्को स्वर्ण पदक


काठमाडौं, मंसिर २० । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको पौडी खेलमा नेपालकी गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन । बिहीबार ऐतिहासिक पदक दिलाएकी गौरिकाले नेपाललाई शुक्रबार अर्को स्वर्ण दिलाएकी हुन ।

सातदोबाटोस्थित पौडी पोखरीमा आज भएको दुई सय मिटर ब्याक स्ट्रोकमा गौरिकाले स्वर्ण जितेकी हुन । गौरिकाले १३औं सागको बिहीबार भएको महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन । दक्षिण एसियाली पौडीमा खासगरी भारत र श्रीलंकाली खेलाडीको दबदबा रहँदै आएको छ । तर, बिहीबार सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित नवनिर्मित हिटिङ पौडी पोखरीमा गौरिकाले बलिया राष्ट्रहरूको एकाधिपत्यलाई तोडेकी हुन ।

गौरिकाले निर्धारित दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन । उनले भारतीय खेलाडीलाई दुई सेकेन्डभन्दा पनि कम अन्तरले पछि पारिन ।