जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ०८:१२

सागमा नेपाल : पुरुष भन्दा महिला खेलाडी सफल, ४१ स्वर्ण जित्दा २३ महिलाको खातामा (सूचीसहित)


काठमाडौं मंसिर २१ । जारी १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले शुक्रबारसम्म ४१ स्वर्ण पदक जितेको छ । नेपालले जितेको स्वर्ण पदकमा पुरुष खेलाडी भन्दा महिला खेलाडी निकै सफल देखिएका छन् । नेपाल जितेको ४१ स्वर्ण पदकमा २३ वटा पदक महिला खेलाडीले जित्न सफल भएका हुन ।

स्वर्ण पदक जित्ने खेलाडीहरु कराँतेको स्पर्र्धामा टिम काता (निर्मला तामाङ, संगिता मगर, सरु कार्की), कुसुम खड्का, अनु अधिकारी, सुनिता महर्जन र अनुपमा मगर रहेका छन् । यस्तै तेक्वान्दोमा सिना मादेन लिम्बु, पार्वती गुरुङ, आयशा शाक्य, पुम्से महिला टिम (निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना), पुम्से महिला टिम (निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई), संगीता बस्याल र काजल श्रेष्ठले स्वर्ण जितेका छन् । यसैगरी तेक्वान्दोमा आयशा शाक्यले दोहोरो स्वर्ण जितेकी छन । उनले तेक्वान्दोको २९ वर्ष माथिको पुम्सेमा सञ्जि कुमार पाण्डसँग स्वर्ण जितेकी हुन । यसैगरी ट्रायथलन सोनी गुरुङ स्वर्ण पदक जितेकी छन । उसुमा सुस्मिता तामाङ, निमा घर्ती मगर र जुनी राई स्वर्ण जित्न सफल भए ।

एथलेटिक्समा सन्तोषी श्रेष्ठ, साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ, साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी श्रेष्ठ, पौडीमा गौरिका सिंह र भारोत्तोलनमा सन्जु चौधरीले स्वर्ण जित्न सफल भए । गौरी सिंहले दोहोरो स्वर्ण जितेकी छिन् । उनले पौडीको २०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोका स्वर्ण जितेकी छन ।

स्वर्ण पदक जित्ने खेलाडी

१. कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता, महिला) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) लक्ष्मण तामाङ
५. कराते (८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ
६ .कराते (४५ केजी मुनी) कुसुम खड्का
७. कराते (५० केजी मूनि) अनु अधिकारी
८. कराते (६७ केजी) नवीन रसाइली
९. कराते (६८ केजी) (सुनिता महर्जन
१०.  कराते (६८ केजी) अनुपमा मगर
११. तेक्वान्दो पुम्से (२३-२९ वर्ष) कमल श्रेष्ठ
१२. तेक्वान्दो पुम्से (१७-२३ वर्ष) (सिना मादेन लिम्बु
१३. तेक्वान्दो पुम्से (२३-२९ वर्ष) पार्वती गुरुङ
१४. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य
१५. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६. पुम्से महिला टिम (१७-२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. पुम्से महिला टिम (२३-२९ वर्ष) निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८.  तेक्वान्दो (४६ केजी मुनि) (काजल श्रेष्ठ
१९.  तेक्वान्दो (६८ केजी मुनि) वीरबहादुर महरा
२०.ट्रायथलन सोनी गुरुङ
२१. डुवाथोलन हिमाल टमाटा
२२.  उसु (थाउलो) विजय सिन्जाली
२३.  उसु (थाउलो) सुस्मिता तामाङ
२४. उसु (थाउलो) दीपक हमाल
२५. एथलेटिक्स (१० हजार मिटर) (सन्तोषी श्रेष्ठ
२६.साइक्लिङ (डाउनहिल) राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी) सक्षम कार्की
३०. उसु (थाउलो-नान्दौ) निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री) (बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल) गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) सन्जु चौधरी
३६. उसु (५६ केजी) जुनी राई
३७. एथ्लेटिक्स (५ हजार मिटर दौड) गोपीचन्द्र पार्की
३८. गल्फ (एकल) सुवास तामाङ
३९. गल्फ (टिम) पुरुष टिम
४०. भारोत्तोलन (८९ केजी) विकास थापा
४१. पौडी २००मिटर ब्याकस्ट्रोक गौरीका सिंह