जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ०९:४१

म्याराथनमा २४ वर्षपछि नेपाललाई किरणले दिलाए स्वर्ण पदक


काठमाडौं, मंसिर २१

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ । शनिबार विहान भएको म्याराथुनमा नेपालका किरण सिंहले बोगटीले स्वर्ण पदक जितेका हुन् । बोगटीले निर्धारित ४२.१९५ किमिको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन् ।

त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन् । नेपालले २४ वर्षपछाडी पहिलो पटक स्वर्ण पदक जितेको हो । यसअघि अन्तिम पटक सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए ।