जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार १९:१३

देश हेटौँडा सिमेन्टजस्तो भयो, कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तो चल्नुपर्यो : बालेन


चितवन, फागुन १५ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले देश ‘नेपाली कांग्रेसको वाइवाई चाउचाउ फ्याक्ट्री’ जसरी चल्नुपर्ने बताउनु भएको छ ।

अहिले नेपाल अहिले हेटौँडा सिमेन्ट कारखानाजस्तै भएको भन्दै देश अव कांग्रेसको वाइवाइ चाउचाउको फ्याक्ट्री जस्तो हुनुपर्ने उनले बताए ।

चितवन २ मा रास्वपा आयोजित सभालाई सम्बोधन गर्दै बालेनले भन्नुभयो, ‘ हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ, तर बन्द । अब चल्नुपर्योयो । नेपाली कांग्रेसको वाइवाइ चाउचाउको फ्याक्ट्रीजस्तै चल्नुपर्‍यो । पुरै देशभरि चल्नुपर्यो।’