काठमाडौं, फागुन १७। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नाति आक्रमणमा मारिएको जनाएको छ।फार्सले आक्रमणमा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको जनाएको छ। पहिले उनकी बुहारी र ज्वाइँको मृत्यु भएको केही रिपोर्टहरू आएका थिए, तर पछि यसलाई खारेज गरिएको एजेन्सीले भनेको छ।इरानी अधिकारीहरूले अयातोल्लाह अली खामेनीको मृत्युको सम्बन्धमा गरिएको दाबीको पुष्टि गरेका छैनन्।
इरानको सरकारी सञ्चार माध्यमले भन्यो–आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति मारिए













प्रतिक्रिया दिनुहोस्