जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार १७:२७

प्रहरी मुख्यालयले गर्यो एसपी र डिएसपीको काज सरुवा, कुन जिल्लामा को पुगे ? (सूचीसहित)


काठमाडौं, मंसिर २१ । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ । नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानून शाखा, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाही, महानगरीय ट्राफिक प्रहरी महाशाखाका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र काभ्रेका जयराज सापकोटालाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।

यस्तै धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाखाशा तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार नै २७ प्रहरी नायब उपरीक्षकको समेत काज सरुवा गरेको छ ।