काठमाडौं, चैत ३ । बेलायतको सर्वदलीय संसदीय समिति (अल पार्टी पार्लियामेन्ट्री ग्रुप) नेपाल आवद्ध १९ जना सांसदले गोर्खाहरूको सेवा र बलिदानको सम्मान गर्दै उनीहरूको मुद्दा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन्।
अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरूले बेलायती भूतपूर्व सैनिक मामिला मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार पत्र लेख्दै सो आग्रह गरेका हुन्।
सांसदहरूले पत्रमा नेपालमा नयाँ सरकार गठनसँगै दुई राष्ट्रबीच दिगो सम्बन्ध पुनः पुष्टि गर्ने अद्वितीय अवसर रहेको उल्लेख गर्दै, भूतपूर्व गोर्खा सैनिकहरूले लामो समयदेखि राखेका मुद्दाहरू सम्बोधन गर्न मन्त्री जोन्ससँग सहकार्य गर्न सुझाव दिएका छन्।
विशेष गरी, उनीहरूले गोर्खा सैनिकको सेवाको उचित कदर र थप कल्याण सुनिश्चित गर्न नेपालको नयाँ प्रधानमन्त्री र उनको टिमसँग नजिक रहन आग्रह गरेका छन्। सांसदहरूले यो क्षणलाई गोर्खा सैनिकको हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।













प्रतिक्रिया दिनुहोस्