जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार ०७:५९

सागमा पदक जित्ने खेलाडीलाई नगर परिक्रमा गराइँदै (परिक्रमा गराईने स्थानसहित )


काठमाडौं, मंसिर २७ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई शुक्रबार नगर परिक्रमा गराइँदै छ ।

मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कांस्यसहित २ सय ६ पदक जितेको छ ।

पदक विजेता खेलाडीहरुलाई आज बिहान ११ बजे त्रिपुरेश्वरको दशरथ रंगशालाबाट नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरबाट सुरु हुने परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक पुग्नेछ ।

पुनः सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रमा टुंगिने छ ।