नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य २१६.५० देखि २१९ रुपैयाँ र डिजेलको मूल्य २०४.५० देखि २०७ रुपैयाँसम्म पुगेको छ। एलपी ग्यासको मूल्य पनि बढेको छ।
काठमाडौं, चैत २७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले भन्दै निगमले आजबाट लागू हुने गरी भारी मूल्यवृद्धि गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफैले सम्हाल्नुभएको उध्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको स्वीकृतीमा निगमले मध्यरातीबाट लागू हुनेगरी मूल्य बढाएको हो । निगमले यति धेरै बृद्धिलाई नयाँ मूल्य समायोजन गरिएको जिकिर गरेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम भएको छ। बालेन सरकार बने यता पेट्रोलियमको मूल्य आकासिदै गएको छ ।
आयाल निगमको नेतृत्वले सरकारी पदाधिकारी र सत्तारुढ र प्रतिपक्षी दलका नेतादेखि ठगी खाने सम्मलाई आफ्नो बचाउका लागि सित्तैमा इन्धन उपलब्ध गराएर घाटाको बहानामा लगातार उपभोक्तामाथि ठगी धन्दा चलाउँदा निगम घाटामा गइरहेको छ तर यसलाई मन्त्रालय निगमका सञ्चालक समितिका सदस्यहरू अन्तराष्ट्रिय बजारको हवाला दिएर जनताको ढाड सेक्ने काम गरिरहेका छन ।
बालेन सरकार आएपछि यो धन्दा झनै बढेको छ । यही कारण बिश्व बजारमा भारी मात्रामा मूल्य घट्दा नेपालमा भने एकैपटक यतिधेरै मूल्य बढाइएको छ । तर यसलाई घाटा भन्ने गरेर जनता झुक्याउने काम यसपटक पनि देखिएको छ ।
‘भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ। हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६.६५, डिजेलमा प्रति लिटर रु.१०९.५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६.३७घाटा रहेको छ। निगमलाई पाक्षिक रुपमा कुल जम्मा रु.१० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिन्छ,’ आयल निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निगमको यो दावा झुटो रहेको तथ्यले देखाउँछ।
निगमले थप भनेको छ, ‘निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७, डिजेल/मट्टितेलमा प्रति लिटर रु. २५ तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६ ले वृद्धि गरिएको छ ।’
निगमको यो मूल्य सूची अनुसार अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिक) पनि प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ ।














प्रतिक्रिया दिनुहोस्