काठमाडौं, बैशाख ७ । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुग्नु भएको छ । मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक बिदेशमन्त्री कपुर टर्किस एअरलाइन्सको उडान नम्बर टिके ७२६ मा इस्तानबुलबाट बिहान सवा ६ बजे काठमाडौं आइपुग्नुभएको हो ।
बुधवार बिहान स्वदेश फर्कने कार्यतालिकासहित काठमाडौं उत्रनुभएका कपुरले नेपाल बसाईको क्रममा प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग भेटघाटको कार्यसूची रहेको छ । सहायक मन्त्री रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको नयाँ सरकार गठन भएपछि नेपाल आउने पहिलो उच्च तहका अधिकारी हुनुहुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बिश्वास पात्रका रुपमा परिचित कपुर यसअघि बंगलादेशमा पनि नयाँ सरकार गठन लगत्तै पुग्नुभएको थियो । बालेन सरकारलाई आफ्नो योजना कार्यान्वयन गराउन नेपाल भ्रमणमा आउनु भएको हो ।
यसअघि एमसीसी पारित गराउन पनि अमेरिकाबाट मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक बिदेशमन्त्री पटक पटक नेपाल आएका थिए । त्यसबेला सो पदमा डोनाल्ड लु हुनुहुन्थ्यो । उहाँले नै नेपाल आएर राष्ट्रपति,प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग निवासमै पुगेर भेट्नु भएको थियो ।
अमेरिकाले सहायक बिदेशमन्त्री कपुरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा एसमसीको समय अवधी एक बर्ष थप्न सकिने कानूनी प्रावधानसमेत गरेको छ ।













प्रतिक्रिया दिनुहोस्