जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार १७:४७

२ सय ५५ पत्रकार जेलमा, यस्तो छ अभियोग


वासिङ्टन, मंसिर २७ । विश्वभर कम्तिमा २ सय ५० पत्रकार जेलमा थुनिएको तथ्य बाहिर आएको छ । अमेरिकास्थित पत्रकारको संरक्षण सम्बन्धी ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट’ ले पछिल्लो चार वर्षयताको रिपोर्ट सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो ।

वार्षिक सर्वेक्षणका आधारमा उक्त संस्थाले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । जस अनुसार पत्रकारहरु आफ्नै पेशागत गतिविधिकै कारण जेल पुगेको तथ्य बाहिर आएको छ । यसरी बन्दी बन्ने पत्रकारको संख्या २ सय ५५ रहेको छ ।

उक्त संस्थाका अनुसार चीन, टर्की, साउदी अरेबिया र इजिप्ट पत्रकारको स्वतन्त्रताको सवालमा सबैभन्दा अनुदार मुलुकमध्ये पर्छन् । यस्तै खराब जेल भएका मुलुकमा एरित्रेया, भियतनाम र इरान हुन् । अमेरिकामा समेत तीन पत्रकार जेलमै छन् । तर जेलमा रहेका विश्वभरका अधिकांश पत्रकारले राज्यद्रोहको मुद्दा सामना गर्दैछन् ।