जनता टाइम्स

१० बैशाख २०८३, बिहीबार २०:२२

विरोधले रोकिएनन् प्रधानमन्त्री बालेन, काठमाडौंका सुकुम्वासी बस्ती खाली गर्न प्रहरीले थाल्यो माइकिङ


काठमाडौं, बैशाख १० । काठमाडौंको सुकुमवासी बस्ती खाली गर्न निर्देशनसहित प्रहरीले माइकिङ सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले जसरी पनि सुकुम्वासी बस्ती हटाएरै छाडने अडान राखेर बुधवार कडा निर्देशन दिएपछि प्रहरीले आजबाट माइकिङ थालेको हो ।

बिहीबार साँझदेखि प्रहरीले सुकुम्वासी बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार माइकिङको क्रममा २४ घण्टाभित्र बस्ती खाली गर्न निर्देशन दिइएको छ । यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठक बोलाउनर भएको थियो । सो बैठकले सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेको हो । छलफलमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू समेत सहभागी हुनुभएको थियो ।

प्रशासनले पहिलो चरणमा काठमाडौं उपत्यकाका ४ वटा सुकुम्वासी बस्तीमा डोजर चलाउने जनाएको छ । प्रधानमन्त्री बालेनले देशभरका अतिक्रमित संरचना हटाउने भन्दै काठमाडौंबाट सुरुवात गर्न निर्देशन दिनुभएको हो । यसअघि पोखरामा डोजर चले पनि तत्कालीन गृहमन्त्री सुधन गुरुङ जोडिएपछि रोकिएको छ 

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुम्वासी बस्तीमा माइकिङ गरिरहेको छ । शुक्रवार साँझ ७ बजेसम्म अतिक्रमित सुकुम्वासी बस्ती खाली गराउने निर्णयअनुसार माइकिङ भइरहेको हो । प्रधानमन्त्री बालेनले शुक्रबार साँझसम्म खाली नभए शनिबार र आइतबारभित्र अतिक्रमित संरचनाबाट बस्ती हटाउन निर्देशन दिइसक्नु भएको छ ।

प्रशासनले पहिलो चरणमा काठमाडौं उपत्यकाका ४ वटा सुकुम्वासी बस्तीमा डोजर चलाउने जनाएको छ । प्रधानमन्त्री बालेनले देशभरका अतिक्रमित संरचना हटाउने भन्दै काठमाडौंबाट सुरुवात गर्न निर्देशन दिनुभएको हो । यसअघि पोखरामा डोजर चले पनि तत्कालीन गृहमन्त्री सुधन गुरुङ जोडिएपछि रोकिएको छ ।