काठमाडौं, बैशाख ११ । राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ठेक्काको डकुमेन्ट निर्माणमा नक्कली कागजात बनाएको बिषयमा अनुसन्धान गर्न पक्राउ गरेको हो ।
प्रहरीले पाण्डेलाई शुक्रबार साँझ पक्राउ गरेको सिआइवी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज कुमार केसीले पुष्टि गर्नुभयो । कालिका कन्स्ट्रक्सनका मालिक समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले ठेक्का पाउने बेलामा डकुमेन्ट परिवर्तन गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
ई-बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको एआइजी केसीले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
त्यति बेला पाण्डे ४ करोड धरौटी बुझाएर छुटनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्